प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामानहरु बरामद

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०७९।१२।०४ गतेको दिउसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालीका वडा नं.३ बजिर चौराह स्थित बेवारीसे अवस्थामा प्लाष्टिक बाल्टिन, प्लाष्टिक पोलिथिन, C.E.A.लेखेको टाई,C.E.A.लेखेको बेल्ट,एयरफोन गरी जम्मा रकम अंन्दाजी रु. १,८२,३५०।– बराबरको सामानहरु फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

यसैगरि शनिवार साँझतिर अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ ट्राफिक चोक स्थित वेवारिसे अवस्थामा चिनी,नरिवल,डबल क्रिम चकलेट,प्लाष्टिक लगायत अन्दाजी रु. ९,४७५।– बराबरको सामान फेला पारी प्रहरीले पक्राउ गरेको हो । उक्त सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय पठाईएको हो ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।