अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४
- A
- A-
- A+
कैलाली:- धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ५ सय ८० ग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।