अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ SPA कलेज नजिक, भजनी न.पा.३ कांडा र कैलारी गा.पा.३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३७,२००।– बराबरको चिनी, बिडी, पेय पदार्थ, सुटपिस, सुपारी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकाशाल र ऐ.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,००,६८५।– बराबरको बिभिन्न किसिमका कपडा, टेपरोल, मिठाई, सुटपिस, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।