फरार प्रतिवादी पक्राउ
२०८२-०१-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०३।१३ गतेको फैसलाले वहु विवाह मुद्दामा ११ महिना ६ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएका टिकापुर न.पा.२ बस्ने बर्ष ३१ को राम थारु र बर्ष २८ की मिना चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१४ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।
बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०६७।०३।२० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला बझाङ, सुर्मा गा.पा.४ बस्ने बर्ष ४९ को मन सिंह पुजारालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।