अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ शिशा पोष्ट नजिक, ऐ.४ बसपार्क पछाडी, ऐ.१२ विर्याघाट र कैलारी गा.पा.५ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,४८,५००।– बराबरको प्याज, चिनी, पास्ता, बिडी, सुर्ती, बच्चाको तथा लेडिज कपडा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।