अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१८ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोक नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,२००।– बराबरको काजु, धोती, मेक्सी, सुटपिस, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।१८ गते १८:१० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ रिछाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२१,४००।– बराबरको बिडी, सुर्ती, पेय पदार्थ, चियापत्ती, तरकारी, दाल, मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।