अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक, ऐ.१० सिमलघाट, भजनी न.पा.५ टनिजा फार्म नजिक र जोशीपुर गा.पा.१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,९८,५५०।– बराबरको बिडी, सुर्ती, पान मसला, सुटपिस, कुर्ती, टप्स, कारको AC मा प्रयोग हुने सेल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।२० गते ०७:१० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ कटानबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१५,०००।– बराबरको कुखुराका चल्ला र साइकल थान-६ इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय तथा जन-प्रतिनिधिहरूको रोहवरमा नष्ट गरेको ।