अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ साल ट्रेडिङ नजिक, ऐ. ७ बेली, ऐ.९ त्रीवेणीघाट, कैलारी गा.पा.१ मझेरा, भजनी न.पा. ७ हिम्मतपुर र टीकापुर न.पा.७ डाडाबोजीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,३५,७००।– बराबरको बिडी, सुर्ती, पेय पदार्थ, कुर्ती, रोलर ब्रस, चुरन, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, सिद्रा माछा, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा. ११ भुजेला र बेदकोट न.पा. १० सिसैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.६,४३,६५०।– बराबरको साडी, सुटपिस, इलेक्ट्रानिक, हाडवेयरका, किरानाका, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।