अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२१ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर स्थित सु.प.प्र.०१०१२ प ४२२५ नम्बरको मोटरसाइकललाई भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा चालक गोदावरी न.पा.९ बस्ने बर्ष ३२ को दिपेश चौधरी, मोटरसाइकल पछाडी सवार धनगढी उ.म.न.पा.७ बस्ने बर्ष ३० को सुरेश चौधरी र ऐ. बस्ने १५ बर्षिय किशोरको साथबाट १ ग्राम ७४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।