सवारी दुर्घटनामा मृत्यु
२०८२-०१-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२१ गते १४:२० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.७ चर्रा गणेशमान चोक स्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्ब तर्फ गईरहेको UP-31-AU-7320 भारतीय नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आईरहेको BAB 4592 नम्बरको स्कारपियो जिपले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला कैलाली, भजनी न.पा.७ बस्ने बर्ष २० को कुल्दिप धोबी गम्भिर घाईते भई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा ऐ.१७:३५ बजे उपचारको क्रममा मृत्यु भएको, स्कारपियो र स्कारपियो चालक जिल्ला बाँके, कोहलपुर न.पा.२ बस्ने बर्ष ४३ को शेर बहादुर बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।