अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक र तिल्केताल ऐ.३ मिलन चोक, ऐ.४ बोराडाँडी र भजनी न.पा.७ हिम्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८६,१५०।– बराबरको मिश्री, पानिपुरी, मिठाई, पास्ता, बिस्कुट, बिडी, सुर्ती, कुर्ती, सुटपिस, प्लाजु, दोपट्टा, पेट्रोल पम्प लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।