सवारी दुर्घटनामा मृत्यु
२०८२-०१-२३
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०१।२२ गते १८:४० बजेको समयमा जिल्ला दार्चुला, लेकम गा.पा. ४ गोदाली स्थित भित्री सडक खण्डमा रिठाचौपाताबाट सोही गाउँपालिका तर्फ जाँदै गरेको ऐ.४ खर्कुच्चा बस्ने बर्ष ३६ को केशब राज ओझा (ऐ.गा.पा.का बि.नि.) ले चलाएको सु.प.प्र.०१-००१ प ७२९ नम्बरको मोटरसाइकल चलाई रहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसि गम्भिर घाईते भई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।