प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०१-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०१।२२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.७ बस्ने १३ बर्षिय किशोर  ।

२. बैङ्किङ कसुर मुद्दामा ३ महिना कैद सजाय र रु.८,९७,०२५ (आठ लाख सन्तानब्बे हजार पच्चिस रुपैया) जरिवाना तोकिएको धनगढी उ.म.न.पा. १८ बस्ने बर्ष ५३ को बिर बहादुर देउवा ।

३. मानब बेचबिखन तथा ओसारपसार मुद्दामा १ बर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको लम्कीचुहा न.पा.९ सोहनपुर बस्ने बर्ष ५९ को बदलु चौधरी ।

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०२।११ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ महिना १२ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको भिमदत्त न.पा.८ तिलाचौर बस्ने बर्ष ४७ को भानदेब भट्टलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२२ गते निजकै ठेगानाबाट पक्राउ गरेको ।   


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।