अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, गोदावरी न.पा.४ बनदेबि मन्दिर नजिक र भजनी न.पा.३ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७९,९९०।– बराबरको प्याज, खुर्सानी, बिडी, भाडा बर्तन, बिभिन्न किसिमका कपडा, धाराका टुटी, पेन्ट, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल र बेलौरी न.पा.१ फटैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१,०६,८७०।– बराबरको पेय पदार्थ, बिभिन्न किसिमका कपडा, माछा, बोईलर कुखुरा, किरानालगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।