अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२३ गते २०:०० बजेको समयमा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचना को आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.१ सब्जीमण्डी स्थित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ घर भई हाल गोदावरी न.पा.१ सब्जीमण्डी अगाडी कोठा गरि बस्ने बर्ष २२ को रमेश नाथको कोठामा खाँनतलासी गर्दा ऐ.५ बस्ने बर्ष २३ को पवन नेपाली र निज रमेश नाथको साथबाट ३ ग्राम ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।