फरार प्रतिबादी पक्राउ
२०८२-०१-२४
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०१।२३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. चोरी मुद्दामा ५ दिन कैद सजाय र रु. २,०४४।- जरिवाना तोकिएको बेलौरी न.पा.१ उभियाफाँटा बस्ने बर्ष ७१ को केदार सिंह खड्का ।
२. कृते मुद्दामा १ बर्ष कैद सजाय र रु. ५०।- जरिवाना तोकिएको दोधारा चाँदनी न.पा.५ इन्द्र टोल बस्ने बर्ष ३२ को टेक बहादुर सुनार ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ बर्ष ३ महिना २२ दिन दिन कैद सजाय तोकिएकी धनगढी उ.म.न.पा.१० बस्ने बर्ष २९ की पृति रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२३ गते निजकै ठेगानाबाट पक्राउ गरेको ।