फरार प्रतिबादी पक्राउ
२०८२-०१-२७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.३,३३४।- (तिन हजार तिन सय चौतीस रुपैया) जरिवाना तोकिएको धनगढी उ.म.न.पा.६ बस्ने बर्ष २१ को अनुज दहितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२६ गते निजकै घर ठेगनाबाट पक्राउ गरेको ।