अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२८
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०१।२७ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३
चटकपुरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०३,९५०।– बराबरको कुर्ती,
सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू दोधारा चाँदनी न.पा. ८ शिब मन्दिर नजिक, र बेलौरी न.पा. .८ दिपाघाटबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.२६,४४०।– बराबरको बिडी, सुर्ती, मैदा, बिस्कुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।