अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, भजनी न.पा. ५ मिलनपुर र ऐ.९ पहलवानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३०,७५०।– बराबरको चिनी, बिडी, सुर्ती, खानेतेल, चियापत्ती, चक्लेट, मोटरसाइकलको मोटीगाड, कपडा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.४ बसपार्क, ऐ.११ भुजेला, ऐ. १२ मझगाँउ र बेलौरी न.पा.७ पौलाहबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.९,३९,५४०।– बराबरको चिनी, कुरकुरे, पेय पदार्थ, युरिया मल, भुजा, TENDOCAL Complete bone formula, BON 2K Soft gel, M-Vita Sift Capsule, साइकलका सामानहरु, भाँडावर्तन, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।