प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-२९

  • A
  • A-
  • A+
Share

         कैलाली:- मिति २०८२।०१।२८ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट ऐ.४ बस्ने बर्ष २० को अर्जुन चौधरी, बर्ष १९ को सुरज चौधरी र बर्ष २२ को विनय चौधरीलाई  ९६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       कञ्चनपुर:-  मिति २०८२।०१।२८ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गडडाचौकी होल्डिङ सेन्टर ७ नम्बर पिल्लर स्थित म २ प १४३४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा  ऐ. २ बस्ने बर्ष २४ को समिर डगौराको साथबाट ५.८१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र निजलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।