अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ब्यारेल, ऐ. ७ मनेहरा र टीकापुर न.पा. ७ सत्तिबजार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१७,३१०।– बराबरको प्याज, मिश्री, धुप, ताला, कुर्ती, सुरवाल, प्लाष्टिक झिल्लीलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।