सवारी दुर्घटनामा मृत्यु
२०८२-०१-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२९ गते १५:२० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.२ टनकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई बिपरीत दिशा तर्फ जादै गरेको भे १ ज १४८६ नम्बरको हाईसले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला कैलाली, गौरीगंगा न.पा.११ बस्ने बर्ष ४५ को नर बहादुर कडायत गम्भिर घाईते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा ऐ. १६:२० बजे उपचारको क्रममा मृत्यु भएको, हाईस र हाईस चालक जिल्ला कैलाली, लम्की चुहा न.पा.१ बस्ने बर्ष २८ को राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।