अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०१-३१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ बडरा, शिसा पोष्ट र जोशीपुर गा.पा ४ बाणी झोलुङ्गे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५६,२६०।– बराबरको बिभिन्न किसिमका कपडा, टप्स, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।