बोलेरो जिपको ठक्करबाट पैदल यात्रिको मृत्यु
२०८२-०१-३०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०१।३० गते ०५:४० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. २ वंक चौक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँ बस्ने ५० को महेन्द्र बिष्टलाई ठक्कर दिदा घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ. १९:३० बजे मृत्यु भएको, बोलेरो जिप र जिप चालक जिल्ला बझाङ्ग, छबिसपाथिभेरा गा.पा.२ मोतै बस्ने बर्ष २१ को रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।