अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ माछापोखरी, पुरानो भन्सार रोड र भजनी न.पा.७ हिम्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८४,२००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, बिभिन्न मोबाइलका कभरहरु, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
यसैगरी, मिति २०८२।०२।०१ गते १६:३० बजेको समयमा धनगढी उ.म.न.पा. १९ खेदा घाटबाट अबैंध रुपमा नेपालबाट भारततिर भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.१,१०,०००।– बराबरको १ बोका, १ खसी, ४ वटा बाख्रा इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।०१ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०८,८३५।– बराबरको बिभिन्न किसिमका कपडा, स्टेशनरी, हाडवेयर किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।