प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-०२

  • A
  • A-
  • A+
Share

       कैलाली:-  मिति २०८२।०२।०१ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरीया गा.पा.२ बौनिया बजार स्थित ऐ. १ बस्ने बर्ष २१ को उमेश ताम्राकाले चलाएको सु.प.प्र.०१-००९ प १२२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार ऐ.२ बस्ने बर्ष २१ को बिवेक सोनी समेत दुवै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      

        यसैगरी,  मिति २०८२।०२।०१ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट सोही ठाउँ बस्ने वर्ष २२ को कमल रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

     कञ्चनपुर:-  मिति २०८२।०२।०१ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ सात नम्बर पिल्लर नजिकबाट ऐ.लालझाडी गा.पा.५ बाणी बस्ने बर्ष २७ को राजेश नेपालीलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ८ मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  



सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।