फरार प्रतिबादी पक्राउ
२०८२-०२-०२
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०२।०१ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध (खैरो हिरोईन) मुद्दामा २ महिना कैद सजाय र रु. ५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ हसनपुर बस्ने बर्ष ३९ को योगे भण्डारी ।
२. लागूऔषध (खैरो हिरोईन) मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने बर्ष २१ को प्रकाश महरा ।
३. लागूऔषध (खैरो हिरोईन) मुद्दामा १ महिना कैद सजाय र रु. १०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० बस्ने बर्ष २० को दिपक राज जोशी ।
४. लागूऔषध (चरेश) मुद्दामा ८ महिना कैद सजाय र रु. १०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुर बस्ने बर्ष ७१ को प्रमानन्द भट्ट ।
५. लिखित सम्बन्धी कसुर (किर्ते) मुद्दामा १ महिना कैद सजाय र रु. ५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. बस्ने रमेश बस्नेत ।