अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ फिस रिसोर्ट नजिक, ऐ. ९ त्रिबेणिघाट र भजनी न.पा.३ कांडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०१,९१०।– बराबरको दुध पाउडर, सरप, सुर्ती, सिलिङ पङखा, पानीपुरी, चक्लेट, कुर्ती, सेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त न.पा.१० सुकासाल, बेलौरी न.पा. २ बैजुडाडा, ऐ.८ कलकत्ता र दोधारा चाँदनी न.पा.१ भुमिराज टोलबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१,०६,७१६।– बराबरको पेय पदार्थ, बिडी, मसला, बच्चाको कपडा, खेलौना, सोन पापडी, जिरा, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।