प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०२।०२ गते १८:१५ बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.१ नयाँवस्ती स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष ३० को छत्र साउँदलाई ५ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

      यसैगरी,  मिति २०८२।०२।०२ गते १७:४५ बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.१ कान्छि बजार स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष ३१ को संजिप चौधरी र ऐ. जानकी गा.पा.८ भगरैया बस्ने बर्ष २७ को दुर्गा प्रसाद चौधरीलाई ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

     कञ्चनपुर:-  मिति २०८२।०२।०२ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा ऐ. बेदकोट न.पा.६ बस्ने वर्ष २६ को अभिशेक चटौतले चलाएको से १ प ८८०९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा १. ५२ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार ऐ. ७ बस्ने वर्ष ३० को सन्देश बोहरा समेत दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         

              

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।