अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ट्राफिक चौराह, राष्ट्रिय परिक्षा बोर्ड नजिक र ऐ. ७ मनेहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,८००।– बराबरको चिनी, मिश्री, मिठाई, पास्ता, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।०३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त न.पा.९ ब्रह्मदेब र बेलडाँडी गा.पा.३ वैवाहबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.४६,९००।– बराबरको खेलौना, गहुँ, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।