अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०४ गते २३:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ कुटीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,९००।– बराबरको चिनी, सुर्ती, DJ SOUND BOX लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त न.पा.९ जमुनाभाडी र बेलौरी न.पा.१० भुँडा गौडीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१,३६,५४०।– बराबरको पेय पदार्थ, पानि तान्ने मोटर, सिलिङ पङ्खा, लिड व्लव, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
बैतडी:- मिति २०८२।०२।०४ गते जिल्ला बैतडी, दशरथचन्द न.पा.६ जेवालीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८२,०००।– बराबरको १० पेटी बिडी प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।