मृत अवस्थामा फेला
२०८२-०२-०५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।०४ गते १६:५० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ खल्ला स्थित महाकाली नदीको किनारामा नाम थर वतन खुल्न नआएको बर्ष अन्दाजी ५०/५५ को पुरुष ब्यक्तीको शव फेला परेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।
बाजुरा:- मिति २०८२।०२।०४ गते १६:१५ बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.२ घाघरा स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी ६० को रुपजंग कार्की मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।