अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।०६ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकी सात नम्बर पिल्लर स्थित भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा ऐ.१ बाराकुण्डा बस्ने बर्ष २२ को लाल सिह कार्कीलाई शंका लागि चेकजाँच गर्दा ३.१५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।