अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।०७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१६ भरतताल र कैलारी गा.पा.५ बन्दरगौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,८६०।– बराबरको बिडी, प्लाष्टिक झिल्ली, डोरी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।०७ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रम्हदेव र ऐ.१७ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,९८,२८०।– बराबरको खाद्यान्न, बिभिन्न किसिमका कपडाहरु, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।