फरार प्रतिबादी पक्राउ
२०८२-०२-०८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०२।०७ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. बन मुद्दामा रु.३३,२६०।– जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.९ बस्ने बर्ष २३ को मुक्तीराम चौधरी ।
२. चेक अनादर मुद्दामा रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक B बस्ने वर्ष ४१ को दिलिप बहादुर रावल ।
३. चेक अनादर मुद्दामा रु.१,०००।–जरिवाना तोकीएको जिल्ला कैलाली, टिकापुर न.पा.६ बस्ने बर्ष ३५ को महेश बिश्वकर्मा ।