अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.७ बेली, ऐ.९ त्रिबेणिघाट र ऐ.१२ कम्पनि टोल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,२५६।– बराबरको चिनी, सुर्ती, भुजा, चक्लेट, पेय पदार्थ, बेल्ट, प्लाष्टिक झिल्ली, कुर्ति सेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।१० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त न.पा.५ सुकासाल चौराहा, ऐ.१७ बासखेडा र बेलौरी न.पा.१ फटैयाचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.८८,७८०।- बराबरको पेय पदार्थ, बेसन, चियापत्ती, बिष्कुट, चक्लेट, बिडी, सुर्ती, ईन्भटर, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।