फरार प्रतिबादी पक्राउ
२०८२-०२-१२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएको जिल्ला बर्दिया, गुलरिया न.पा.९ बस्ने बर्ष २३ की मार्था सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।११ गते जिल्ला कैलाली, धनगढी उ.म. न.पा.३ भन्सार कार्यालय नजिक पक्राउ गरेको ।
दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७७।०८।२२ गतेको फैसलाले बैकिङ्ग कसूर मुद्दामा ५ दिन कैद सजाय र रु.९,५५,८४०।- (नौ लाख पच्पन्न हजार आठ सय चालिस) जरिवाना तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.४ सिप्टी बस्ने गणेश सिह ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।११ गते ऐ.महाकाली न.पा.४ बाङ्गाबगर बजारबाट पक्राउ गरेको ।