प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०२-१२

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएको जिल्ला बर्दिया, गुलरिया न.पा.९ बस्ने बर्ष २३ की मार्था सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।११ गते जिल्ला कैलाली, धनगढी उ.म. न.पा.३ भन्सार कार्यालय नजिक पक्राउ गरेको ।      

       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७७।०८।२२ गतेको फैसलाले बैकिङ्ग कसूर मुद्दामा ५ दिन कैद सजाय र रु.९,५५,८४०।- (नौ लाख पच्पन्न हजार आठ सय चालिस) जरिवाना तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.४ सिप्टी बस्ने गणेश सिह ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।११ गते ऐ.महाकाली न.पा.४ बाङ्गाबगर बजारबाट पक्राउ गरेको ।                                                                                               

   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।