प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८२-०२-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०२।१३ गते जिल्ला कैलाली, भजनी न.पा.७ भुरुवा घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,७००।– बराबरको क्रेङ सापट, स्टेप लाइजर, बेरीङ, हेड्रोलिक फिल्टर, आयल फिल्टर, क्लज प्लेट, रोटामेटर क्रस, च्याम्बर नट, आयल सिल, साईकल थान-१ लगायतका सामान सहित ऐ. चर्रा बस्ने बर्ष ३० को ललित यादबलाई इलाका प्रहरी कार्यालय पृथ्बीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजलाई नियन्त्रण लिएको ।    

      यसैगरी,  मिति २०८२।०२।१३ गते जिल्ला कैलाली, भजनी न.पा. ८ सुनाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३०,०००।– बराबरको गिरीराज जातका कुखुराका चल्ला र से ५ प ५१५२ नम्बरको मोटरसाइकल  सहित ऐ.जोशिपुर गा.पा.५ सिमराना बस्ने बर्ष २३ को सैयद हुसेनलाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी चल्ला र मोटरसाइकल सहित निजलाई नियन्त्रण लिएको ।    

     यसैगरी, मिति २०८२।०२।१३ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ विशालनगरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,२५०।– बराबरको सुर्ती, ललिपप लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

     कञ्चनपुर:- मिति २०८२।०२।१३ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ भुराकोटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय, जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।