अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-०२-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।१३ गते जिल्ला कैलाली, भजनी न.पा.७ भुरुवा घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,७००।– बराबरको क्रेङ सापट, स्टेप लाइजर, बेरीङ, हेड्रोलिक फिल्टर, आयल फिल्टर, क्लज प्लेट, रोटामेटर क्रस, च्याम्बर नट, आयल सिल, साईकल थान-१ लगायतका सामान सहित ऐ. चर्रा बस्ने बर्ष ३० को ललित यादबलाई इलाका प्रहरी कार्यालय पृथ्बीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजलाई नियन्त्रण लिएको ।
यसैगरी, मिति २०८२।०२।१३ गते जिल्ला कैलाली, भजनी न.पा. ८ सुनाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३०,०००।– बराबरको गिरीराज जातका कुखुराका चल्ला र से ५ प ५१५२ नम्बरको मोटरसाइकल सहित ऐ.जोशिपुर गा.पा.५ सिमराना बस्ने बर्ष २३ को सैयद हुसेनलाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी चल्ला र मोटरसाइकल सहित निजलाई नियन्त्रण लिएको ।
यसैगरी, मिति २०८२।०२।१३ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ विशालनगरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,२५०।– बराबरको सुर्ती, ललिपप लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।१३ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ भुराकोटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय, जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको ।