फरार प्रतिबादी पक्राउ
२०८२-०२-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले हात हतियार खरखजना तथा अपराधिक लाभ मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.२ बस्ने बर्ष ३० को रमेश शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।१३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।