अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।१५ गते १७:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.५ दुदुवाफाटाबाट ऐ.२ रजवारा बस्ने बर्ष २६ को नरेश परीयार समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०२।१५ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ भाईरल रोडबाट ऐ. १८ बस्ने बर्ष २३ को रमेश दमाई र वर्ष १९ को दिपक दमाईलाई शंका लागि चेकजाँच गर्दा रेक्सोजेसिक एम्पुल थान-३६, फेनारगन एम्पुल थान-३७ र डाइजापाम एम्पुल थान ४ प्रतिवन्धित लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।