अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १८ नुक्लीपुर र भजनी न.पा.९ भुरुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०५,४००।– बराबरको बिभिन्न किसिमका बच्चाका खेलौना, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।१६ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,३००।- बराबरको बिभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।