ट्रकको ठक्करबाट पैदल यात्रिको मृत्यु
२०८२-०२-१७
- A
- A-
- A+
बैतडी:- मिति २०८२।०२।१६ गते २१:२० बजेको समयमा जिल्ला बैतडी, सुर्नया गा.पा.५ बिष्टपाली स्थित सतबाझ श्रीभाबर भित्री सडक खण्डमा धनगढीबाट बिष्टपाली तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ८१ को महाबिर बिष्टलाई ठक्कर दिदा घाईते भई उपचारको लागी धनगढी ल्याउने क्रममा ऐ.२१:५० बजेको समयमा बाटोमा नै मृत्यु भएको, मिनी टाटा ट्रक र ट्रक चालक ऐ.२ ग्वानी बस्ने बर्ष ३१ को मान सिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।