अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२
त्रिनगर ब्यारेल र ऐ.८ कान्तीपुर टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.२,०१,५००।–
बराबरको रेनकोट, पाउडर, जुत्ता
लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी
गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति
२०८२।०२।१८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ भाईरल रोड र
पुनर्वास न.पा. ११ गुम्वा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.१,६१,२५०।– बराबरको बिभिन्न किसिमका कपडा, हाडवेयर, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।