अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-१९
- A
- A-
- A+
कैलाली:-
मिति २०८२।०२।१८ गते २२:२० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित प्याराडाईज होटलको १०५ नम्बर कोठामा
शंकास्पद रुपमा बसिरहेका छन भन्ने विषेश सुचनाको आधारमा खानतलासी गर्दा जिल्ला जुम्ला, गुठीचौर
गा.पा.४ प्याकुरेलवाडा बस्ने वर्ष ३८ को मेघराज खत्री र जिल्ला जाजरकोट बारेकोट
गा.पा.३ मुल्साम बस्ने वर्ष ३२ को भक्त बहादुर शाहीलाई १ के.जी. ७०६ ग्राम लागूऔषध
(अफिम) जस्तो देखिने अर्ध तरल अवस्थामा रहेको कालो पदार्थ सहित लागूऔषध नियन्त्रण
ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको,
थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०२।१८
गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामा
दैजी स्थित पैदल हिडिरहेको अवस्थामा ऐ. बेदकोट न.पा. ४ बस्ने वर्ष २३ को विनोद
सार्कीलाई शंका लागी चेकजाँच गर्दा ५८० मिलिग्राम लागूऔषध
(अफिम) जस्तो देखिने पदार्थ सहित प्रहरी चौकी सुडा, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान
भईरहेको ।