फरार प्रतिबादी पक्राउ
२०८२-०२-२०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०२।१९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. चोरी मुद्दामा ६ दिन कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ पशुपति टोल बस्ने बर्ष २३ को जिवन सुनार ।
२. चोरी मुद्दामा ४ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. २ बांणी बस्ने बर्ष २४ को सुरेश कलौनी ।