अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०२-२१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।२० गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,३२०।- बराबरको बिभिन्न प्रकारका हाते घडी, चस्मा, बच्चाको खेलौना, मुकुट, क्यान्डिल लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।