अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२० गते १५:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.१ बसपार्क स्थित सडक खण्डमा सोही ठाउँ बस्ने बर्ष ३६ को कमल प्रसाद बजगाईलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०२।२० गते १९:३५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० जर्सिखोला स्थित भारत बाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा सु.प.प्र.०१-००९ प ८१७२ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ध.उ.म.न.पा.३ चटकपुर बस्ने बर्ष २१ को राकेश राना र मोटरसाइकल पछाडी सवार जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ राजघाट बस्ने बर्ष २० को निशान चौधरीको साथबाट ८ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।