अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसापोष्ट नजिक र मसान टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,१००।– बराबरको मिश्री, बिडी, सुर्ती, पानीपुरी, सुटपिस, साडी, कुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०२।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.२ बैजुडाडा, ऐ.६ बैशाखा र दोधारा चाँदनी न.पा.२ मन्डेपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,४५०।– बराबरको प्याज, पेय पदार्थ, सुनपापडी मिठाई, डि.ए.पी मल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।