अबैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०२-२२
- A
- A-
- A+
अछाम:- मिति २०८२।०२।२१ गते १६:३० बजेको समयमा लागूऔषध गाँजाको कारोवार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला अछाम, ढकारी गा.पा.३ घर भई हाल ऐ.मंगलसैन न.पा.५ स्थित बजारमा कोठा गरि बस्ने बर्ष २१ को नितेश बहादुर बुढाको डेरा कोठामा खाँनतलासी गर्दा १६ ग्राम ५२० मिलीग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।