सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८२-०२-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२२ गते ०४:१५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित भालुफटा भन्ने स्थान पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको से ६ प ४४३६ नम्बरको मोटरसाइकल सु.प.प्र ०१-००२ त ५१५८ नम्बरको ट्याक्टर सडकको बाया साईडमा बिग्रेर रोकि राखेको ईन्जिन नभएको ट्रालीमा ठोक्किन गई मोटरसाइकल पछाडी सवार जिल्ला कैलाली, घोडाघोडी न.पा.२ बस्ने बर्ष २४ राधेश्याम चौधरी घाईते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकल चालक ऐ.३ बस्ने बर्ष २१ को शंकर चौधरी घाईते भई मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको र सोही मोटरसाइकल पछाडी सवार ऐ.२ बस्ने बर्ष २२ को अर्जुन चौधरी घाईते भई घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको ।